मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । कतारका राजाको नेपाल भ्रमणको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणको दिन पारेर मंगलबार सार्वजनिक विदाको निर्णय गरिएको हो। उनी मंगलबार नेपाल आउँदैछन् । पहिलो पटक भ्रमण हुन लागेकाले बिदा दिने निर्णय सरकारले गरेको हो ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया