NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । आजको मन्त्रिपरिषद्ले मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज भएको बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरम भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवलीकरण, पुनःस्थापना तथा पुनःनिर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले जानकारी दिइन् । बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।