फोनपेबाट नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

वैशाख । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिकक्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ ।
डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्र्तगत यस संस्थाले नेपालमापहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवातसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।
नेपालकाबैंक तथावित्तीय संस्थाहरुले आफ्नाग्राहकहरुलाई Fonepay Card Scheme अन्र्तगत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड -(Fonepay Virtual Credit Card) आफ्नो मोबाइलबैंकिङ्ग एपमा उपलब्ध गराउन सक्नेछन् ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ ।
सिटिजन्स बैंककाग्राहकहरुले यसक्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमामार्फत लिन सकिने जनाएको छ । नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै Domestic Card Scheme परियोजना अन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम Fonepay Credit Card Scheme सञ्चालनमा ल्याउन लागिएको हो । फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानीउद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ ।
उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथाहालँयल भउबथ त्तच्मा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया