शान्तीश्रीको आवाजमा ‘आमा तिमिलाई’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमाप्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ । छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ ।
गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा विवि अनुरागीले संगीत भरेका छन । गीतमा शान्तीश्री परियारको आवाज रहेको छ । गीतलाई नागिला नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो उत्कृष्ट बनेको र नेपालको गाउँले परिवेशमा छायाँकन उक्त भिडियोमा छोरीले आमाको किरिया बसेको कथा वस्तु समेटिएकोको गीतका प्रस्तुतकर्ता गोविन्द नागिलाले बताएका छन् । नागिलाका अन्य ३ वटा गीतहरु अडियो तयार भैसकेको अवस्थामा रहेको र यसलाई दर्शकहरुले मन पराइदिनु हुने अपेक्षा समेत रहेको उनले उल्लेख गरे ।
उक्त गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेल लगाएका कलाकारको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन तथा सुव्रतराज आचार्यको निर्देशन रहेको छ । ‘आमा जस्तो निःस्वार्थ माया संसारमा कसैलेपनि दिन सक्दैन, त्यस कारण वृद्ध बाबा, आमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पुजा गरौं’ भन्ने सन्देश सहित उक्त गीत बजारमा आएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया