NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल

काठमाडौं । बिहीबार अदालतले दुई ठूला नेता जोडिएको अपराधमा महत्वपर्ण फैसला सुनाएको छ । एमाले नेता टोपबहादर रायमाझी र कांग्रेस नेता अफताब आलम जोडिएको मुद्दामा अदालतले फैसला गरेको हो ।

कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए। २०६४ सालको चुनावको अघिल्लो दिन मतदाता आतंकित बनाउन उनले बम बनाउन लगाएका थिए । बम बनाउने क्रममा नै पड्किएर मृत्यु भएपछि घटना लुकाउन उनले घाइतेलाई इटाभट्टामा जलाएको अभियोग थियो ।

त्यस्तै, नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दामा सर्वाेच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीलाई थुनामै राख्ने आदेश दिएको छ । रायमाझीसहित सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश भएको हो । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई भने धरौटीमा छाड्ने आदेश भएको छ।