NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

काठमाडौंका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ हुने

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के.भी प्रसारण लाइनको मर्मत कार्यका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् लाइन अवरुद्ध हुन लागेको हो ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा कुलेश्वर वितरण केन्द्रअन्तर्गतका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेकी, कारखाना चोक र सशस्त्र प्रहरी बल प्रधान कार्यालय क्षेत्रहरू छन् । त्यस्तै सानो भ–याङ, ठूलो भ–याङ, कामना स्कुल, अन्नपूर्ण चोक क्षेत्र, ढुंगेधारा, क्लब घर र बालाजु सवस्टेशनपछाडिको तरकारी बजार क्षेत्रमा पनि भोलि ६ घण्टा विद्युत् लाइन अवरुद्ध हुने १५ केपी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले जनाएको छ ।

सोमबार र मंगलबार सीतापाइला फिडरको मर्मत गरिदैछ । यो फिडरको मर्मत कार्य हुँदा सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, हलचोक क्षेत्रमा ४ घण्टा विद्युत् अवरुद्ध हुनेछ ।