काठमाडौंका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ हुने
काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के.भी प्रसारण लाइनको मर्मत कार्यका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् लाइन अवरुद्ध हुन लागेको हो ।
विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा कुलेश्वर वितरण केन्द्रअन्तर्गतका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेकी, कारखाना चोक र सशस्त्र प्रहरी बल प्रधान कार्यालय क्षेत्रहरू छन् । त्यस्तै सानो भ–याङ, ठूलो भ–याङ, कामना स्कुल, अन्नपूर्ण चोक क्षेत्र, ढुंगेधारा, क्लब घर र बालाजु सवस्टेशनपछाडिको तरकारी बजार क्षेत्रमा पनि भोलि ६ घण्टा विद्युत् लाइन अवरुद्ध हुने १५ केपी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले जनाएको छ ।
सोमबार र मंगलबार सीतापाइला फिडरको मर्मत गरिदैछ । यो फिडरको मर्मत कार्य हुँदा सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, हलचोक क्षेत्रमा ४ घण्टा विद्युत् अवरुद्ध हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया