इलाममा मतगणना सुरु
फिक्कल । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।
इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो । यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।
त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उनले जानकारी दिए। सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनले बताए ।
मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उनले दिए । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।
कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया