NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सार्वजनिक कोषको सदुपयोगमा सदाचार र नैतिकता

सार्वजनिक कोषको सदुपयोगमा रहेका चुनौतीहरु उल्लेख गर्दै कोषको सदुपयोगमा सदाचार र नैतिकताको महत्व उल्लेख गर्नुहोस् ।

उत्तर

सार्वजनिक कोषको सदुपयोग

सरकारी कोष वा खातामा जम्मा हुने सबै सरकारी आयहरुलाई सार्वजनिक कोष भनिन्छ भने उक्त सार्वजनिक कोषको व्यवस्थापन (खर्च, उपयोग र सदुपयोग) गर्ने कार्य सार्वजनिक कोषको सदुपयोग हो । यसले कोषको नियमितता, मितव्ययीता, दक्षता, प्रभावकारिता, जवाफदेहिता र अधिकतम नागरिक हित हुने गरी उपयोग गर्दछ ।

सार्वजनिक कोषको सदुपयोगमा रहेका चुनौतीहरु

सार्वजनिक कोषको परिचालन वा उपयोग गर्ने क्रममा केही समस्या तथा चुनौती देखा पर्दछन्। कोषको वितरण, सदुपयोग र परिचालनमा देखिएका चुनौतीहरुलाई देहाय अनुसार प्रस्तुत गरिएको छ :

  • आर्थिक प्रशासनमा स्वच्छता, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्नु
  • कोषलाई Efficiency, Economic and Effectiveness तबरले प्रयोग गर्नु
  • लाभका क्षेत्र पहिचान गरी कोषको समन्यायिक वितरण र परिचालन गर्नु
  • सार्वजनिक कोष व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउनु
  • सार्वजनिक कोषको सदुपयोगमा स्थानीय श्रम, सीप, पूँजी प्रविधि, स्रोत साधनको समुचित प्रयोग गर्नु
  • न्यायपूर्ण तबरले कोषको वितरण गरी सन्तुलित विकास र सेवा प्रवाह गर्नु
  • समावेशी, सहभागितामूलक तबरले कोषको बाँडफाँड वितरण गर्नु
  • कोषको परिचालन सम्बन्धी नागरिक सचेतना बढाउनु
  • कोषको सही परिचालनमार्फत उत्पादन र उत्पादकत्व बढाउनु
  • कोष व्यवस्थापनमा लगानीको उचित वातावरण सिर्जना गर्नु
  •  आर्थिक, सामाजिक(सांस्कृतिक विकास र रुपान्तरण गर्नु
  •  रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्नु लगायत ।

सार्वजनिक कोषको सदुपयोगमा सदाचार र नैतिकताको महत्व

सार्वजनिक कोषको परिचालन वा उपयोग गर्ने क्रममा सदाचार, असल आचरण र नैतिकताको महत्व रहन्छ । कोषको प्राप्तिदेखि परिचालनसम्म सदाचार र नैतिकताको महत्वलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ :

  • कोषको सही सदुपयोग गरी लाभको समन्यायिक वितरण गर्न
  •  भ्रष्टाचार र अनियमितता जस्ता क्रियाकलापलाई निरुत्साहित गर्न
  •  आर्थिक प्रशासनमा स्वच्छता, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न
  •  सरकारी कोष र सम्पत्तिको संरक्षण गर्न
  •  संस्कारयुक्त र असल नागरिकको कर्तव्य र भूमिका निर्वाह गर्न
  •  सरकार र राज्यको बैधता पुष्टि गर्न
  •  आर्थिक सुशासन र वित्तीय स्थायित्व कायम राख्न
  •  कोषको प्रयोगमा Efficiency, Economic and Effectiveness कायम राख्न
  •  सार्वजनिक कोषमा पदाधिकारीलाई उत्तरदायी र जवाफदेही बनाउन
  •  कोषको सदुपयोगलाई पारदर्शी र सन्तुलित बनाउन
  • कोषको न्यायोचित र समन्यायिक वितरण गर्न
  •  सार्वजनिक कोषको हिनामिना, अपचलन हुन नदिन
  •  सीमित स्रोत र साधनबाट अधिकतम प्रतिफल प्राप्त गर्न
  •  अर्थतन्त्रलाई सबल र सुदृढ बनाउन
  •  सार्वजनिक कोषको सही परिचालन गरी सामाजिक सांस्कृतिक रुपान्तरण गर्न
  •  सार्वजनिक कोषको प्रभावकारी कार्यन्वयन गरी देशको आर्थिक वृद्धि र विकास गर्न।

तसर्थ

सबै सरकारी कोषहरु सार्वजनिक कोष हुन् । सार्वजनिक कोषको सही सदुपयोग गर्दै अनुशासन, सदाचार र नैतिकता कायम राख्न सके सार्वजनिक कोषको सही सदुपयोग भई दिगो रुपमा कोषको परिचालन हुन्छ ।