NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा

काठमाडौं । स्पानिस ला लिगाको यस सिजनको उपाधि रियल मड्रिडले जितेको छ । ला लिगाको चार खेल  बाँकी छँदै रियलले ३६औं पटक उपाधि पोल्टामा पारेको हो ।

गएराति सम्पन्न खेलमा काडिजलाई ३–० गोल अन्तरले हराएर रियलले जितको श्रृंखला यथावत् राखेको थियो । दोस्रो स्थानमा रहेको बार्सिलोना शनिबार राति जिरोनासँग ४–२ ले पराजित भएपछि चार खेलअगावै रियलले उपाधि पक्का भएको हो ।

पहिलो स्थानमा रहेको रियलले ८७औं अंक जोड्दा दोस्रो स्थानमा रहेको जिरोनाको ७४ मात्र छ ।

ताजा अपडेट

नेपालवाच विशेष