फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरुडिजिटल वालेट
काठमाडौं। फोनपे प्राइभेट लिमिटेडले मोरुडिजिटलवाटलाई आफ्नो संजालमा समावेश गरेको छ।
मोरुडिजिटल वालेट,फोनपेनेटवर्कमा अन्तर आबद्ध हुनाले अब मोरुडिजिटलवालेटबाट सजिलै क्यु.आर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरुडिजिटलवालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यसअन्तर आबद्दताकोसाथमा सम्पूर्ण मोरुडिजिटलवालेट प्रयोगकर्ताहरूले फोनपेनेटवर्कमा अबस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरुमा सहजरूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यु.आर भुक्तानी गर्न सक्नेछन्। उक्त कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवासकुमार सापकोटाका मोरुडिजिटलवालेटलाई बढ्दो भुक्तानीइको सिस्टममा स्वागत गर्न पाउँदा खुसी भएको बताए ।
‘‘यो साझेदारीले हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पररहने हाम्रो दृष्टिकोणलाई दर्साएको छ। मोरुडिजिटलवालेटलाई हाम्रोनेटवर्कमा अन्तर आबद्धगर्दै, हामीले हाम्राग्राहकहरूलाई भुक्तानीका विभिन्न विकल्पहरूप्रदान गर्नुको साथसाथै वित्तीय इकोसिस्टमलाई अझै फराकिलो बनाएका छौं।” उनले भने ।
त्यस्तै, समारोहमा खुसी व्यक्त गर्दै मोरुडिजिटलवालेट का प्रमुख कार्यकारी अधिकृत श्रीशपौडेलले प्रयोगकर्ताहरूले यो साझेदारीको साथ अन्यफोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्ने बताउँदै नयाँ पदत्तिका सेवाहरु अंगाल्दै र थप्दै, ग्राहकहरूको डिजिटलयात्रालाई अझै सहज बनाउने क्रम मानिरन्तरअगाडी बढिरहेको जानकारी दिए।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया