NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

माइडिया वाईफाई रेफ्रिजेरेटर सार्वजनिक, घर बाहिरबाटै कन्ट्रोल गर्न सकिने 

काठमाडौं । वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाईसाइड र मल्टी डोर भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ।

नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोही अनुसार उपलब्ध गराइएको कम्पनीले जनाएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा MSmartHome एपमार्फत स्मार्ट कन्ट्रोलको सुविधासमेत रहेको छ । कम्पनीका अनुसार अफिस वा घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै यो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने छ ।

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाईफाई रेफ्रिजेरेटरले उर्जाको सहि उपयोग र बिजुलीको लागत घटाउँदै खाना लामो समयसम्म ताजा राख्छ । यसकाे एक्सप्रेस कुलिङ सर्कलले पेय पदार्थ र परिकारहरूलाइ चाडै चिस्याउँछ ।

यी रेफ्रिजेरेटर ब्रश स्टिल डिजाइन गरिएकाे हुनाले  यसमा भएको कन्भर्टिबल अपशनले ग्राहकलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ। यी रेफ्रिजेरेटरमा साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको छ।

नयाँ प्रविधि जडित  रेफ्रिजेरेटरमा १० वर्ष सम्मको वारेन्टी दिइएको छ। नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मुल्यमा उपभोक्ताले खरिद गरि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। नयाँ बर्ष २०८१ को अवसरमा माइडीयब्रान्डको रेफ्रिजेरेटर खरिद गरि हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष