कविता : मेरी आमा
दुःख, पीडा र संघर्षले निथ्रुक्क भिजेकी
मेरो लागि नवीन उत्साह र उमंगकी पल हुन् मेरी आमा
जिन्दगीको दौडमा कहिले नथाक्ने
काम क्रोध, लोभ, मोहबाट सदैव वेखबर निष्काम हुन् मेरी आमा
भोको पेटमा पटुकी कसेर काम गर्ने
सन्तानको दीर्घ जीवनका लागि मरिहत्ते गर्ने ईश्वर हुन् मेरी आमा
अनुहारमा कुण्ठा, अतृप्ति, गुनासो केही नदेखाउने
साहसी कदमकी मार्गदर्शक हुन् मेरी आमा
आफ्नो जीवनको सुखद् पलबाट सधैं टाढा
साक्षात् भगवानको चमत्कारी स्वरूप हुन् मेरी आमा
भोकले छट्पटाएका आन्द्रामा प्यास मेटाउने
जीवनदेखि कहिल्यै हार नखाने भरोसा हुन् मेरी आमा
सधैं सत्य र न्यायको बिगुल फुकिरहने
युगौं युगको आत्मदर्शनकी पर्याय हुन् मेरी आमा
सम्पत्तिको रत्ती लोभ–लालच नभएकी
स्निग्ध प्रेमकी मुहान्, परिवारको श्वास–प्रश्वास हुन् मेरी आमा
(सम्पूर्ण आमाहरूप्रति सम्मान अनि नमन)
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया