लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीेले चलायो गोली
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनले कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताए । परियारको बायाँ खुट्टामा गोली लागेको र उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथमा रहेको ११४ दशमलव २५ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिइएको छ ।
पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारसम्बन्धी मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुलाई लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि लामो समदेखि प्रहरीले निगरानीमा राखेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया