NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

रणवीर र दीपिकाको सम्बन्धमा दरार, हटाए बिहेको फोटो

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक महिनाअघि मात्रै अभिनेत्री गर्भवति रहेको घोषणा गरेका थिए ।

दुबै छिट्टै आमाबुवा बन्दैछन् । यसैबीच सामाजिक सञ्जालमा यतिबेला रणवीर र दीपिकाको सम्बन्ध चिसिएको खबरले चर्चा पाइरहेको छ । रणवीर सिंहले इन्स्टाग्राममा आफ्नो बिहेको तस्विरहरू हटाएपछि यो हल्ला सुरु भएको हो । रणवीरले हालै इन्ष्टामा २०२३ अघिका सबै पोस्टहरू हटाएका थिए ।

उनले हटाएका पोष्टमा विवाहका तस्बिरहरू पनि थिए । यी तस्बिरहरू मेट्ने बित्तिकै, फ्यानहरूले उनीहरूको विवाह संकटमा रहेको भविष्यवाणी गर्न थालेका थिए । उनीहरुको वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ । अभिनेताले बिहेको तस्वीर हटाउनुको ठोस कारण थाहा हुन सकेको छैन ।

चिसिएको हो सम्बन्ध ? 

रणवीर र दीपिकाको सम्बन्ध चिसिएको अनुमान फ्यानहरुले गरेका छन् । यस विषयमा सिंह दम्पत्तिले कुनै प्रतिक्रिया दिएका छैनन् । तस्बिर हटाएपछि फ्यानहरूले प्रश्नको ओइरो लगाएका छन् ।

इन्ष्टाग्राममा २०२३ को जनवरी पछिका रणवीर सिंहका सबै पोष्टहरू छन् । तर त्यस अघिका सबै पोष्ट हटाइएको छ । रणबीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा दुबैले इटालीमा धूमधामसँग बिहे गरेका थिए । दीपिका पादुकोण यतिबेला गर्भवती छिन् । केही हप्ता अघि मात्रै रणवीर र दीपिकाले आफुहरु अभिभावक बन्न लागेको खबर इन्ष्टामा शेयर गरेका थिए ।