काठमाडौंमा दुई समूहबीच झडप, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीस्थित कुमारी टोलमा गएराति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
घटनाको कारणबारे भने प्रहरीले केही खुलाएको छैन ।
धिमालको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया