NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

काठमाडौंमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीस्थित कुमारी टोलमा गएराति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

घटनाको कारणबारे भने प्रहरीले केही खुलाएको छैन ।

धिमालको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।