२०७७ यताका प्रहरीको वैकल्पिक सूचीमा परेकालाई कामपाले जागिर दिने !
गृहसँग वैकल्पिक सूचीको विद्युतीय कपी मागियो

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवान पदको प्रतीक्षा (वैकल्पिक) सूचीमा परेकालाई काठमाडौं महानगरपालिका (कामपा) ले नगर प्रहरीको जवान पदमा अवसर दिने भएको छ ।
यी दुई प्रहरी संगठनले ०७७ सालदेखि अहिलेसम्म गरेको पदपूर्ति प्रक्रियामा जवानतर्फ वैकल्पिक सूचीमा परेकालाई कामपाले नगर प्रहरीको जवान पदमा जागिर दिने भएको हो ।
वैकल्पिक सूचीमा परेका सबैलाई यस्तो अवसर दिन लागिएको हो कि सीमितलाई भन्नेबारे भने कामपाले विस्तृतमा खुलाएको छैन ।
प्रहरी संगठनको प्रतीक्षा सूचीमा परेकालाई नगर प्रहरीको करार सेवामा नियुक्ति दिन कामपाले सूची संकलन समेत थालेको छ । गृह मन्त्रालयलाई एक लेखेर कामपाले ०७७ यता प्रतीक्षा सूचीमा परेकाको विद्युतीय कपी मागेको हो ।
आफैंले प्रक्रिया थालेर नयाँ भर्ना गर्न झन्झटिलोसँगै खर्चिलोसमेत हुने भएकाले कामपाले सुरक्षा संगठनको वैकल्पिक सूचीमा परेकाबाट नगर प्रहरी लिने नीति अख्तियार गर्दै आएको छ । यसअघि पनि नगर प्रहरीको जवान पदमा सुरक्षा संगठनको प्रतीक्षा सूचीमा परेकासँग आवेदन आह्वान गरेर नियुक्ति गरेको थियो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया