प्रदुषण मापन गर्ने व्यवस्थालाई प्रभावकारी बनाइने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख सहर र औद्योगीक प्रतिष्ठानहरुमा प्रदुषण मापन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने बताएका छन् ।
वातावरणीय मापदण्ड कडाइका साथ लागु गरी वातावरणीय परिक्षण तथा अनुगमन प्रभावकारी बनाइने उनले जानकारी दिए ।
राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया