सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने
काठमाडौं । आगामी वर्षको नीति तथा कार्यक्रममा देशभरका सरकारी तथा गैरसरकारी सबै संगठीत क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यवस्था गरिने भएको छ ।
०८१ /०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका सबै अस्पतालमा स्वास्थ्य बीमा आवद्ध गरिने बताए ।
त्यस्तै, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता बढाइने, पाठेघरको मुखको क्यान्सरलाई नि:शुल्क स्क्रिनिङ गरिने, प्रत्येक प्रदेशमा एक संघिय अस्पताल र कम्तिमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा विस्तार गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया