आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ ।
राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु-याउने लक्ष्य राखिएको हो ।
योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राै योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए । उनका अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पु¥याउने लक्ष्य छ ।
उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पु-याउने लक्ष्य रहेको छ । सार्वजनिक सोह्रौं योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।
यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर .६५ पु-याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट ७८ पु-याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ ।
यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पु-याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पु-याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पु-याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पु-याउने लक्ष्य रहेको छ । सोह्रौं योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब लाग्ने भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया