सभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त
काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । इतिहासविद् नेपालको यही जेठ १ गते मङ्गलबारका दिन निधन भएको थियो ।
नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा उनले पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । साथै उनले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।
विसं १९८९ माघ १७ गते भोजपुरको सिक्तेलमा जन्मिएका उनी इतिहासलाई प्रमाणिक रुपले लेख्ने पहिलो पुस्ताका एक विद्वान् थिए । ‘संशोधन मण्डल’ का आजीवन स्वयंसेवी सदस्य ज्ञानमणिको संस्कृत वाङ्मय र शिलालेख तथा ऐतिहासिक दस्तावेजका भाषामा गहिरो पकड रहेको थियो ।
उनका ‘नेपालको महाभारत’ र ‘नेपाल निरुक्त’ लगायतका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् । सभापति देउवाले नेपालको राजनीतिक इतिहासको नयाँ अध्यायको अनुसन्धान गरेका ज्ञानमणिको निधनबाट नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया