सभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । इतिहासविद् नेपालको यही जेठ १ गते मङ्गलबारका दिन निधन भएको थियो ।
नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा उनले पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । साथै उनले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।
विसं १९८९ माघ १७ गते भोजपुरको सिक्तेलमा जन्मिएका उनी इतिहासलाई प्रमाणिक रुपले लेख्ने पहिलो पुस्ताका एक विद्वान् थिए । ‘संशोधन मण्डल’ का आजीवन स्वयंसेवी सदस्य ज्ञानमणिको संस्कृत वाङ्मय र शिलालेख तथा ऐतिहासिक दस्तावेजका भाषामा गहिरो पकड रहेको थियो ।
उनका ‘नेपालको महाभारत’ र ‘नेपाल निरुक्त’ लगायतका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् । सभापति देउवाले नेपालको राजनीतिक इतिहासको नयाँ अध्यायको अनुसन्धान गरेका ज्ञानमणिको निधनबाट नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया