इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पु¥याउनुभएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन् ।
इतिहासकार नेपालको निधनको खबरले आफूलाई दुःखी बनाएको राष्ट्रपति पौडेलले आज पठाएको समवेदना सन्देशमा उल्लेख छ । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्तावेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ ।
इतिहासकार नेपालका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका कृति एवं कैयौँ अनुसन्धान तथा खोजमूलक लेखरचना चिरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले इतिहासकार नेपालका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया