सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
काठमाडौं । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट पक्राउ गरिएको हो ।
सिरोहियालाई पक्राउ गर्नका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराई आफैं कान्तिपुरको केन्द्रिय कार्यालय पुगेका थिए ।
उनीसहितको टोलि थापाथलीस्थित कान्तिपुरको कार्यालय पुगेको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, वरिष्ठ अधिवक्ता शम्भु थापालगायत पनि सिरोहियाको कार्यकक्षमा छन् ।
नागरिकता किर्ते आरोपमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषामा जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सहकारी घोटाला सम्बन्धी समाचार लेखेकै भरमा आफूविरुद्ध गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोध साँधेको भनेर सिरोहियाले प्रतिवाद गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया