सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
काठमाडौं । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट पक्राउ गरिएको हो ।
सिरोहियालाई पक्राउ गर्नका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराई आफैं कान्तिपुरको केन्द्रिय कार्यालय पुगेका थिए ।
उनीसहितको टोलि थापाथलीस्थित कान्तिपुरको कार्यालय पुगेको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, वरिष्ठ अधिवक्ता शम्भु थापालगायत पनि सिरोहियाको कार्यकक्षमा छन् ।
नागरिकता किर्ते आरोपमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषामा जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सहकारी घोटाला सम्बन्धी समाचार लेखेकै भरमा आफूविरुद्ध गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोध साँधेको भनेर सिरोहियाले प्रतिवाद गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया