रवि लामिछानेको पक्षमा उभिए पूर्वप्रधानन्यायाधीश

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कान्तिपुर पब्लिकेशनका मालिक कैलाश प्रसाद सिरोहियालाई पक्राउ गरिएको विषयमा नागरिक समाजदेखि प्रमुख दलका नेताहरूले विरोध गरिरहेका बेला एक पूर्वप्रधानन्यायाधीश भने लामिछानेको पक्षमा उभिएका छन् । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली लामिछानेको पक्षमा उभिएका छन् ।
उनले अन्र्तवार्ता दिदै यसमा सिरोहिया नै दोषी रहेको बताएका छन् । यो अपराधिक मुद्दा भएकाले मिडियाको आवरण दिन नमिल्ने उनको तर्क छ ।
अपराध गरेको हो कि होइन भन्ने निर्णय अदालतले गर्ने भएकाले अदालतलाई प्रभाव पार्न नहुने उनले बताएका छन् ।
यसअघि कान्तिपुरले पराजुलीको नागरिकतामा जन्म मिति कैफियत रहेको समाचार लेखेको थियो । पछि उनले जन्ममिति घटाएको खुलेपछि उनले पहिले नै अवकाश पाएका थिए । त्यतीबेला आफुविरुद्ध माइतीघरमा नाराजुलुस लाउनेहरु नै अहिले सिरोहियाको पक्षमा लागेको उनले बताएका छन् । सिरोहिया पनि हाल नागरिकतामा कैफियत रहेको कसुरमा पक्राउ परेका हुन् । उनी धनुषा प्रहरीको हिरासतमा छन् ।
लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धि समाचार लेखेको आधारमा सिरोहिया पक्राउ परेको भन्दे विरोध हुँदै आएको छ । कतिपयले भने नागरिकताको विषय र सञ्चारमाध्यम फरक भएकाले पक्राउको घटना प्रेस स्वतन्त्रतासँग नजोडिएको बताएका छन् ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया