NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

सिरोहियालाई किन छाड्न मानेन अदालतले ?

काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउको सर्वत्र विरोध भइरहँदा पनि अदालतले भने उनलाई छाड्न अस्वीकार गरेको छ । तीन दिन थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले शुक्रबार उनलाई थप पाँच दिन थुनामा राख्न म्याद माग्दै जिल्ला अदालत धनुषा पेश गरेको थियो ।
सामान्य आरोपमा थुनामा राखेर अनुसन्धान गर्न आवश्यक नभएको भन्दै सिरोहियाका कानून व्यवसायीले थुनामुक्त गर्न माग गरेका थिए । तर, न्यायाधीश रोमाकान्त ज्ञवालीले तीन दिन थुनामा राख्न आदेश दिए । प्रहरीले थुनामा राख्नुपर्ने भनेर पेश गरेका आधार बलियो देखिएपछि उनी नछुटेको स्रोत बताउँछ ।
सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा लगायत आधा दर्जन वकिलले उनलाई जमानीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग राखेका थिए । अदालतले उनलाई आइतबारसम्म थुनामा राख्न म्याद दिएको छ । अब प्रहरीले सोमबार उनलाई फेरि अदालतमा पेश गर्नेछ ।
सिरोहियाले लिएको नागरिकतामा धेरै किसिमको कैफियत देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको हो । सिरोहियाले भने गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफुलाई पक्राउ गरेको बताएका छन् । सञ्चारजगत्ले पक्राउको विरोध गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष