गण्डकीमा खगराजको सरकार ढल्यो, पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेको छ । उनले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतल बदर गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक घोषणा गरिदिएको हो। कांग्रेस संसदीय दलका नेता पाण्डेले दायर गरेको रिटमा यस्तो आदेश आएको हो । सर्वोच्चले पाण्डेलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।
वैशाख २३ गते ६० सदस्यीय प्रदेश सभामा अधिकारीले विश्वासको मत लिँदा ३० सांसदको समर्थन पाएका थिए। २७ सांसदले विपक्षमा मतदान गर्दा २ जना तटस्थ बसेका थिए।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया