महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने
काठमाडौं । महिनावारीको चार दिन ट्राफिक महिला प्रहरीले अबदेखि सडकमा ड्युटी गर्नु नपर्ने भएको छ ।
महिनावारीको समयमा कमजोर हुने महिला प्रहरीको स्वास्थ्यलाई ख्याल गर्दै गृह मन्त्रालयले चार दिन सडकमा ड्युटी गर्नुनपर्ने व्यवस्था गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको सानो प्रयासस्वरूप महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था गरेको जनाएका छन् ।
मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई महिला ट्राफिक प्रहरीको साटो सेवकका रूपमा सघाउन पनि उनले आग्रह गरेका छन् ।
‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया