महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने
काठमाडौं । महिनावारीको चार दिन ट्राफिक महिला प्रहरीले अबदेखि सडकमा ड्युटी गर्नु नपर्ने भएको छ ।
महिनावारीको समयमा कमजोर हुने महिला प्रहरीको स्वास्थ्यलाई ख्याल गर्दै गृह मन्त्रालयले चार दिन सडकमा ड्युटी गर्नुनपर्ने व्यवस्था गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको सानो प्रयासस्वरूप महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था गरेको जनाएका छन् ।
मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई महिला ट्राफिक प्रहरीको साटो सेवकका रूपमा सघाउन पनि उनले आग्रह गरेका छन् ।
‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया