माधव नेपाल दुवै गठबन्धनमा ?

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बोलाएको बैठकमा उनी सहभागी भएका हुन् ।
देउवा निवासमा भएको बैठकमा नेपालसहित उपेन्द्र यादब र महन्त ठाकुर सहभागी थिए । मधेस प्रदेशमा जनता समाजवादी नेपालका मुख्यमन्त्री सरोज यादब नेतृत्वको सरकारलाई जोगाउन सो बैठक बसेको बताइएपनि विपक्षीको बैठकमै सहभागी भएपछि नेता नेपालमाथि आशंका बढेको छ ।
एकीकृत समाजवादीले साथ दिएमा मधेस सरकार जोगिने सम्भावना छ । त्यसैका लागि देउवाले उनलाई फकाएका हुन् । यसरी समाजवादीलाई साथ लिएर अघि बढ्दा वर्तमान गठबन्धन पनि फुटाउन सकिने देउवाको विश्वास छ ।
यसअघि उपेन्द्र यादब र माधव नेपालसँग मिलेर देउवाले यो सरकार गिराएर बैकल्पिक गठबन्धन बनाउने प्रयास गरेका थिए । तर, जसपा फुटेपछि असफल भएको थियो ।
एकीकृत समाजवादीले दुवै गठबन्धनसँग बार्गेनिङ गर्दै आएको छ । समाजवादीले समर्थन फिर्ता लिएलगत्तै वर्तमान सरकार ढल्ने अवस्था छैन तर झिनो बहुमत हुने भएकाले सरकार कमजोर हुने अवस्था छ । वर्तमान गठबन्धनसँग वार्गेनिङ गरेर समाजवादीले सुदुरपश्चिममा मुख्यमन्त्री समेत लिएको छ । दुवैतर्फ बार्गेनिङ गरेर अधिकतम लाभ लिने रणनीति एकीकृत समाजवादीको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया