सार्वजनिक भयो छक्का पञ्जा ५ को पोस्टर, रिलिज दशैंमा

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौलाको टिमले आगामी दशैंमा छक्का पञ्जा ५ फिल्म प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।
आमा सरस्वती मुभिजको ब्यानरमा तयार गरिएको फिल्म आगामी असोज २४ मा रिलिज गर्न लागिएको हो ।
छक्का पञ्जा ५ मा प्रमुख कलाकारका रूपमा अभिनय केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले फिल्मको पोस्टर सार्वजनिक गर्दै यो दशैंमा नयाँ पिल्म लिएर आउन लागेको जनाएका छन् । अघिल्ला फिल्ममा जस्तै यसमा पनि उनले दर्शकबाट साथ र सहयाेग पाउने अपेक्षाा राखेका छन् ।
निर्माण टिमले छक्का पञ्जा फिल्मकै सिक्वेलका रूपमा फिल्म निर्माण गरेको हो । हास्य विधालाई समातेर निर्माण गरिएको छक्का पञ्जा फिल्मका सिक्वेल फिल्मको व्यापारमा नयाँ कीर्तिमान बनाउन सफल मानिन्छ ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको बताइएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया