सार्वजनिक भयो छक्का पञ्जा ५ को पोस्टर, रिलिज दशैंमा
काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौलाको टिमले आगामी दशैंमा छक्का पञ्जा ५ फिल्म प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।
आमा सरस्वती मुभिजको ब्यानरमा तयार गरिएको फिल्म आगामी असोज २४ मा रिलिज गर्न लागिएको हो ।
छक्का पञ्जा ५ मा प्रमुख कलाकारका रूपमा अभिनय केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले फिल्मको पोस्टर सार्वजनिक गर्दै यो दशैंमा नयाँ पिल्म लिएर आउन लागेको जनाएका छन् । अघिल्ला फिल्ममा जस्तै यसमा पनि उनले दर्शकबाट साथ र सहयाेग पाउने अपेक्षाा राखेका छन् ।
निर्माण टिमले छक्का पञ्जा फिल्मकै सिक्वेलका रूपमा फिल्म निर्माण गरेको हो । हास्य विधालाई समातेर निर्माण गरिएको छक्का पञ्जा फिल्मका सिक्वेल फिल्मको व्यापारमा नयाँ कीर्तिमान बनाउन सफल मानिन्छ ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया