चलचित्रकर्मीलाई सरकारले परिचयपत्र दिने, इच्छुकसँग आवेदन माग

काठमाडौं । चलचित्रकर्मीलाई सरकारले परिचयपत्र उपलब्ध गराउने भएको छ । त्यसका लागि उसले आवेदन माग गरेको छ ।
चलचित्र विकास बोर्डले विभिन्न विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागेको हो ।
चलचित्रको माध्यमबाट राष्ट्रलाई पु–याएको योगदानको कदरस्वरूप दुई श्रेणीका परिचयपत्र वितरण गर्न लागेको बोर्डले जनाएको छ ।
बोर्डले परिचयपत्र लिन इच्छुक चलचित्रकर्मीलाई तोकिएको ढाँचामा १५ दिनभित्र आइपुग्ने गरी निवेदन दिन पनि अनुरोध गरेको छ । यस्तो निवेदन बोर्डको कार्यालयमा गएर वा इमेलमार्फत पनि दिन सकिनेछ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया