सुनको मूल्य निरन्तर बढ्दै, कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ ।
बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।
तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार रु एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया