भारतमा तीर्थयात्रु सवार बस खस्यो, २२ को मृत्यु

काठमाडौं । भारतको जम्मुमा तीर्थयात्रु सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।
जम्मु–पुँछ राजमार्गअन्तर्गत चोकीचोरा भन्ने स्थानमा बिहीबार बस दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट करिब १५० फिट तल खसेको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बसमा हाथरस र राजस्थानका करिब ९० तीर्थयात्रु सवार थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत घोषणा गरेका छन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया