सुनको मूल्य तोलामा १७ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
तेजाबी सुन बिहिबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।
ताजा अपडेट
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया