पुँजीगत खर्च गर्ने ठोस योजना बजेटले समेटेन–कार्की

काठमाडाैं । अहिलेको जटिल समस्या बनेको पुँजीगत खर्च कसरी गर्ने भन्नेबारे आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले समेट्न नसकेको सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । आज सांसदमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘पुँजीगत खर्च हुन सकेन भनेर म अर्थमन्त्रीलाईमात्रै दोष दिन चाहन्न । तर उहाँले पुँजीगत खर्च गर्नेगरी ठोस योजना बजेटमार्फत ल्याउन सक्नुभएन,’ उनले भने ।
पुँजीगत खर्च नभएकै कारण जनताले प्रतिफल गुमाइरहेको उनको दाबी छ । नेपालमा आयात बढ्नुमात्रै समस्या नभएर निर्यात नबढ्नु पनि भएका कारण यसबारे उनले अर्थमन्त्रीको धारणा माग गरेका छन् ।
बेरोजगारीको समस्या हल गर्न पर्यटन क्षेत्रमा अर्थमन्त्रीले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । भर्खरै समपन्न भएको लगानी सम्मेलन २०२४ पनि कर्मकाण्डमै सिमित भएको उनले टिप्पणी गरे ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया