NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

राप्रपाले संसद्मा अर्थमन्त्री खोजेपछि…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक आज १५ मिनेट स्थगन भयो ।

बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको उपस्थितिबिना आफू नबोल्ने भनेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरे ।

सभामुखसँग समय लिएर राप्रपाका सांसद ज्ञानबहादुर शाहीले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै आगामी बैठकमा उनको उपस्थिति अनिवार्य हुनुपर्नेमा जोड दिए । सभामुखले अर्थमन्त्री बजेटबारे जवाफ दिन राष्ट्रियसभा जानुभएको जानकारी दिए पनि राप्रपाका सांसदले आसनबाट उठेर विरोध जनाए ।