पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा आवेदन आह्वान

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा आवेदन माग गरिएको छ ।
केही समयदेखि रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोषले बुधबार आवेदन माग गरेको हो ।
बुधबार दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशित गर्दै कोषले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अबको १० दिनभित्र आवेदन दिन भनेको छ ।
कार्यालय समयमा कोषको समितिको सचिवालयमा गएर आवेदन दिन सकिने कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
यसअघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । लगत्तै कार्यकारी निर्देशकको नियुक्ति मापदण्डविपरीत रहेको जिकिर गर्दै उच्च अदालत, पाटनमा परेको रिटमा निवेदकको पक्षमा अन्तरिम आदेश आएपछि पुन पदमुक्त भएकी थिइन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया