मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।
प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ ।
यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो ।
प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए। उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया