वेस्ट इन्डिज प्रस्थान गरे सन्दीप, विश्वकपका दुई खेल खेल्ने
काठमाडौं । अमेरिकाको भिसा नलागेपछि टी–२० विश्वकपअन्तर्गतको नेपालको पहिलो खेल गुमाएका क्रिकेट सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने दुई खेल खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै लामिछाने विश्वकपका खेलहरू हुने अर्को मुलुक वेस्ट इन्डिज प्रस्थान गरेको र त्यहाँ उनले नेपालको प्रतिनिधित्व गर्दै दुई खेल खेल्ने जनाएको छ ।
टी–२० विश्वकप क्रिकेटको वेस्ट इन्डिजमा हुने दुई खेलमा नेपालले दक्षिण अफ्रिका तथा बंगलादेशको सामना गर्दैछ ।
‘जारी आइसिसी पुरुष टी–२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं,’ क्यानद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
एक किशोरीले सन्दीपविरुद्ध जाहेर गरेको बलात्कार मुद्दामा गत मे १५ गते उच्च अदालत पाटनले सफाइ दिएपछि उनलाई टिममा समेट्दै क्यानले आइसिसीसामु नामावली पेश गरेको थियो । मे १६ देखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका सन्दीपलाई अमेरिकाले भिसा नदिएपछि उनको यात्रामा ब्रेक लागेको थियो । क्यानले अमेरिकाले भिसा नदिएपछि आइसिसीसँग समन्वय गरेर वेस्ट इन्डिजमा हुने खेलमा प्रतिस्पर्धा गराउने तारतम्य मिलाएको जनाएको छ ।
इसैबीच, क्यानले सन्दीपको भिसा प्रकरणसँग जोडेर लक्षित टिप्पणीको खण्डनसमेत गरेको छ । यस्ता अनावश्यक र आधारहीन वक्तव्यवाजीतर्फ नलागी नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न उसले सबैमा अनुरोध गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया