सन्दीप वेस्ट इन्डिज पुगेपछि हरिवंशले दिए बधाई
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेले दुई खेल खेल्न पाउने भएपछि वरिष्ठ कलाकार हरिवंश आचार्यले बधाई दिएका छन् ।
अमेरिकाले भिसा नदिएपछि नेपालको पहिलो खेल गुमाएका सन्दीप अहिले वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप वेस्ट इन्डिज पुगेको जानकारी दिएसँगै आचार्यले सामाजिक सञ्जालमा एक पोस्ट् लेखेर बधाई दिएका हुन् ।
‘सन्दीपप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएकोमा हार्दिक बधाई र सम्पूर्ण टोलीलाई सफलताको शुभकामना,’ आचार्यले फेसबुकमा लेखेका छन् ।
अमेरिकाले भिसा नदिएपछि त्यसतर्फ जान रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा सहभागिता जनाउनेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया