चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

जानकी । बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ ।
चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजाती अन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ ।
फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिङ्गर, रसियन भाईपर गरी ४९ वटा सर्प उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकामध्ये विषालु सर्प अन्तर्गत फेटारा प्रजातिको सर्पको सङ्ख्या १५ रहेको छ भने गोमन सर्पको सङ्ख्या सात रहेको छ ।
त्यसैगरी तीन करेत र तीन कोब्रा प्रजातिका सर्प उद्धार गरिएको छ । चारवटा चित्तल उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए । उनका अनुसार यस वर्ष एउटा मात्र पाटे बाघको उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालय बाँकेको अनुसार आव २०७६/७७ मा जम्मा १७ वटा वन्यजन्तु उद्धार गरिएको थियो । आव २०७७/७८ मा ३४ वटा उद्धार गरिएको थियो । त्यसैगरी आव २०७८/७९ मा ३१ वटा वन्यजन्तुलाई उद्धार गरिएको र आव २०७९/८० मा ४२ वटा वन्यजन्तु उद्धार गरिएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।
सहायक वन अधिकृत शाहीका अनुसार वन्यजन्तु उद्धारको सङ्ख्या बढ्नुको कारण वन्यजन्तु हिँडडुल गर्ने जैविकमार्ग अतिक्रमणमा परेर मानव बस्ती विकास र भौतिक संरचना निर्माण गरिनु हो । यसका साथै वन्यजन्तु संरक्षणयमा चेतनाको विकास भएको हुनाले पनि वन्यजन्तु जीवितै उद्धार गरिएको सहायक वन अधिकृत शाहीले बताए।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया