NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २४ गते

सेनाको वैकल्पिक सूचीमा परेका १३७ जनालाई कामपाले नगर प्रहरीमा जागिर दिने

काठमाडौं । नेपाली सेनाको सैन्य पदको वैकल्पिक सूचीमा परेका १३७ जनालाई काठमाडौं महानगरपालिकाले नगर प्रहरीमा जागिर दिने भएको छ ।

नेपाली सेनाले चालु आर्थिक वर्षमा गरेको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ को वैकल्पिक सूचीमा पर्न सफल उम्मेदवारलाई नगर प्रहरीको जवान पदमा करार सेवाअन्तर्गत नियुक्त गर्ने तयारी गरेको हो ।

महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै उक्त विज्ञापनको वैकल्पिक सूचीमा समेटिएकाहरूलाई सात दिनभित्र प्रशासन विभागमा दरखास्त पेश गर्न आह्वान गरेको छ । दरखास्तको साथमा वैकल्पिक दर्ता नं. खुलेको ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्न महानगरपालिकाले इच्छुक उम्मेदवारलाई आग्रह गरेको छ ।