सेनाको वैकल्पिक सूचीमा परेका १३७ जनालाई कामपाले नगर प्रहरीमा जागिर दिने
काठमाडौं । नेपाली सेनाको सैन्य पदको वैकल्पिक सूचीमा परेका १३७ जनालाई काठमाडौं महानगरपालिकाले नगर प्रहरीमा जागिर दिने भएको छ ।
नेपाली सेनाले चालु आर्थिक वर्षमा गरेको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ को वैकल्पिक सूचीमा पर्न सफल उम्मेदवारलाई नगर प्रहरीको जवान पदमा करार सेवाअन्तर्गत नियुक्त गर्ने तयारी गरेको हो ।
महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै उक्त विज्ञापनको वैकल्पिक सूचीमा समेटिएकाहरूलाई सात दिनभित्र प्रशासन विभागमा दरखास्त पेश गर्न आह्वान गरेको छ । दरखास्तको साथमा वैकल्पिक दर्ता नं. खुलेको ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्न महानगरपालिकाले इच्छुक उम्मेदवारलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार



प्रतिक्रिया