मध्यपश्चिम विश्वविद्यालयको डिनमा आवेदन माग
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त २ डिनमा आवेदन माग गरिएको छ । विश्वविद्यालयको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ र ग्रेजुएट अफ लको डिनमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी आवेदन मागिएको हो ।
रिक्त २ डिन पदमा खुला प्रतिोगिताद्वारा पदपूर्ति गर्न १५ दिनको समय दिएर आवेदन मागिएको विश्वविद्यालयले जनाएको छ ।
मान्यताप्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा पिएचडी उपाधिसहित कम्तीमा १५ वर्ष सेवा पुगेका सह–प्राध्यापकले आवेदन दिन सक्नेछन् । आवेदन भर्चुअल तथा भौतिक दुवै किसिमले दिने व्यवस्था मिलाइएको छ ।
यसअघि स्कुल अफ इन्जिनियरिङको डिनमा दरखास्त दिएका व्यक्तिसमेत यो विज्ञापनमा सहभागी हुन सक्नेछन् । तर त्यसका लागि उनीहरूले आशय प्रकट गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया