NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

मध्यपश्चिम विश्वविद्यालयको डिनमा आवेदन माग

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त २ डिनमा आवेदन माग गरिएको छ । विश्वविद्यालयको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ र ग्रेजुएट अफ लको डिनमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी आवेदन मागिएको हो ।

रिक्त २ डिन पदमा खुला प्रतिोगिताद्वारा पदपूर्ति गर्न १५ दिनको समय दिएर आवेदन मागिएको विश्वविद्यालयले जनाएको छ ।

मान्यताप्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा पिएचडी उपाधिसहित कम्तीमा १५ वर्ष सेवा पुगेका सह–प्राध्यापकले आवेदन दिन सक्नेछन् । आवेदन भर्चुअल तथा भौतिक दुवै किसिमले दिने व्यवस्था मिलाइएको छ ।

यसअघि स्कुल अफ इन्जिनियरिङको डिनमा दरखास्त दिएका व्यक्तिसमेत यो विज्ञापनमा सहभागी हुन सक्नेछन् । तर त्यसका लागि उनीहरूले आशय प्रकट गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।