एमाले काभ्रेको अध्यक्षमा भुर्तेल
काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन् । उनले ३८० मत पाए ।
जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन् । मतदानमा ६७९ जना सहभागी भएका थिए ।
जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा ७ सदस्य गरी एक सय पाँच जना निर्वाचित भएका छन् ।
धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया