एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित
गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनले ३८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरे ।
त्यसैगरी, जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् ।
गत मङ्गलबारदेखि सुरु १२औं जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा ६१३ सहभागी भएकामा ५९५ जना मतदानमा भाग लिएका थिए ।
अधिवेशनले पाँच जना पदाधिकारीसहित आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया