एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनले ३८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरे ।
त्यसैगरी, जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् ।
गत मङ्गलबारदेखि सुरु १२औं जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा ६१३ सहभागी भएकामा ५९५ जना मतदानमा भाग लिएका थिए ।
अधिवेशनले पाँच जना पदाधिकारीसहित आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया