ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङसम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराएका थिए।
डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।
ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो । यस बैंकले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट बैंकिङ प्रदान गर्दै आइरहेको छ ।
वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम विगत केही वर्षदेखि यस बैंकका सबैजसो शाखामार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया