NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ४ गते
२०८१ असार ४ गते

नेपाल १ रनले साउथ अफ्रिकासँग स्तब्ध

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल साउथ अफ्रिकासँग १ रनको झिनो अन्तरमा पराजित भएको छ ।

शनिबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाबाट पाएको ११६ रनको लक्ष्यमा पुग्नै लाग्दा नेपाल १ रनले रोकियो ।

२० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको नेपालका लागि ओपनर आशिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन जोडे । ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै खेललाई लयमा हिँडाएका थिए । भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट हुँदा रोहित पौडेल शून्यर्मै बोल्ड आउट भए ।

अनिल साहले २४ बलमा ३ चौका र १ छक्कासहित २७ रन बनाए । आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरे । यसबाहेकका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामीले ८ र गुलशन झाले ६ रन बनाए ।

दक्षिण अफ्रिका तबरेज शाम्सी एक्लैले ४ विकेट लिए ।

बलिङ कसिलो गरेको नेपाल ब्याटिङमा सम्हालिन नसक्दा जितको सम्मुख पुगेर पनि रोकियो ।

आजको खेल जितेको भए नेपाल सुपर ८ मा पुग्ने सम्भावना रहन्थ्यो । १ रनले आजको खेलको नतिजा गुमाएसँगै नेपालको सुपर ८ को सम्भावनामा विराम लागेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ सम्हालेको दक्षिण अफ्रिकाले ७ विकेट गुमाउँदै निर्धारित २० ओभरमा ११५ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले सर्वाधिक ४३ रन जोडे । उनले ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन, क्विन्टन डी ककले ११ बलमा १० जोडे ।

नेपालका कुशल भुर्तेल एक्लैले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष