NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

सुनसहित समातिएका चिनियाँसहित नेपाली नागरिकता

काठमाडौं । ६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता लिएको खुलृेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार कपनबाट पक्राउ गरेका चिनियाँले सोनाम गुरुङको नाममा नेपाली नागरिकता बनाएका हुन् । उनले कसरी नागरिकता लिए भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ ।
उनी विमानस्थलबाट विभिन्न सामानभित्र लुकाएर लुकाएर सुन तस्करी गर्ने गिरोहका सदस्य हुन् । उनीसँग ६ किलो सुनसँगै स्रोत नखुलेको ४८ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ क्रिप्टो तथा यूएसडिटीको अवैध कारोबारमा समेत संलग्न रहेको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । ६१ केजी सुन तस्करी प्रकरणमा सिआइबीले हाल दोस्रो चरणको अनुसन्धान गर्दा थप व्यक्तिहरु पक्राउ परेका हुन् ।