NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

नेपाल आयाल निगम र ट्याङ्कर चालकबीच सहमति भएसँगै आन्दोलन स्थगित

काठमाडाैं । नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ।  सहमति भएसँगै ट्यांकर चालक/व्यवसायीले आन्दोलन स्थिगित गरेका छन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो । छलफलछि आन्दोलन स्थिगित गर्ने सहमति भएको हो ।

सम्पूर्ण ट्याङ्कर चालक’सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिएका थिए ।

त्यस्तै, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग सङ्घको थियो ।