३ प्रदेशमा आज भारी वर्षा, सतर्कता अपनाउन मौसमविदको सुझाव
काठमाडौं । बिहीबार ३ प्रदेशमा भारी वर्षाको आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस प्रदेशका एक–दुई स्थानमा दिउँसो र गण्डकी प्रदेशमा रातको समयमा भारी वर्षा हुने अनुमान गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका एक–दुई स्थानमा बिहीबार बिहान र राति हुने भारी वर्षाले बाढी, पहिरो तथा भूक्षयको खतरा रहेको भन्दै सडक तथा हवाई यातायातलगायतमा सचेत रहन सुझाएको छ ।
‘कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाद्वारा २४ घण्टाका लागि जारी चेतावनी तथा परामर्शमा भनिएको छ ।
त्यस्तै, चार प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको हो ।
बिहीबार राति पनि कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । गण्डकी र कोशी प्रदेशका एक दुई स्थानमा भने राति भारी वर्षा हुने सम्भावना छ ।
केही दिनअघि नेपालमा प्रवेश गरेको मनसुनी प्रणाली विस्तारै फैलिरहेको छ । पानी पार्ने प्रणाली भित्रिएसँगै वर्षा हुँदा उखरमाउलो गर्मी विस्तारै घटिरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया