कुमारी बैंक र पशुपति रिक्रियसन बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुुपति रिक्रियसन धुम्बराही–काठमाडौं बीच सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्न दुुई कम्पनीबीच सम्झौता भएको हो ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले OOPS मा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा रिर्चाज गर्दा १०% बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट ग्राहक महानुभावहरुले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया