कुमारी बैंक र पशुपति रिक्रियसन बीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुुपति रिक्रियसन धुम्बराही–काठमाडौं बीच सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्न दुुई कम्पनीबीच सम्झौता भएको हो ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले OOPS मा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा रिर्चाज गर्दा १०% बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट ग्राहक महानुभावहरुले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया