NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १४ गते

मुख्यमन्त्री महरालाई दिएको समर्थन जसपाद्वारा फिर्ता, कस्तो पर्छ असर ?

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालले समर्थन फिर्ता लिए पनि नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा अल्पमतमा भने परेका छैनन् ।

जसपा नेपालको लुम्बिनी प्रदेशको हालै बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । सोही आधारमा जसपा नेपालको संसदीय दलले समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालकी लुम्बिनी प्रदेशसभा संसदीय दलकी नेत्री अम्बिका काफ्लेले मुख्यमन्त्री महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय लिएको जनाएकी छन् ।

अशोक राईले जसपा नेपाल विभाजन गरी नयाँ दल खोलेपछि त्यसको असर लुम्बिनीमा परेको हो । जसपा नेपालले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री महरा नेतृत्वको सरकार अल्पमतमा भने पर्दैन । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा महरालाई बहुमतका लागि ४४ सांसदको समर्थन चाहिनेमा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, जसपाका २, एकीकृत समाजवादी र स्वतन्त्र एक÷एक सांसद गरी कुल ४७ सांसदको समर्थन छ ।

ताजा अपडेट

नेपालवाच विशेष